पाटन नगरपालिकाको नीति तथा कार्यक्रम पारित, बजेट पारित गर्न अर्को नगरसभा डाकिँदै

Image

बैतडी,
बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४को नीति तथा कार्यक्रम पारित गरेको छ। आज बसेको नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।
नगर प्रमुख गौरी सिंह रावलले सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत समसामयिक विषय समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसपछि सर्वसम्मत रूपमा सो नीति तथा कार्यक्रम पारित गरिएको हो।
बजेट पारित गर्न यही असार १० गतेभित्र अर्को नगरसभा डाक्ने तयारी रहेको छ।
आजै आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने तयारी रहेकामा केही थप छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै अर्को अधिवेशन डाक्नुपर्ने नगर प्रमुख रावलले बताउनुभयो।
यद्यपि उपप्रमुख कमल सिंह बोहराले आगामी आर्थिक वर्षका लागि ६९ करोड बराबरको बजेट सिलिङ तयार पारेर नगरसभा सदस्यहरूलाई उपलब्ध गराइसक्नुभएको छ। यस विषयमा थप छलफल गर्नुपर्ने राय आएपछि अर्को नगरसभाबाट बजेट पारित गर्ने जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्