बैतडीमा जिप दुर्घटना, चालक गम्भीर घाइते

Image

बैतडी, जेठ २५: बैतडीमा जिप दुर्घटना हुदा चालक गम्भीर घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप बिहान करिब ११ बजे दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका अन्दाजी ३० वर्षीय कर्णबहादुर बोहरा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
चालक बोहराको छाती र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै जिपमा सवार पुर्चौडी नगरपालिका–८ निवासी अन्दाजी २४ वर्षीया बागमती साउदको दाहिने आँखामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको  र  सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
चालकको  जिल्ला अस्पताल बैतडीमा  उपचार भैरहेको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित दुई जना मात्र सवार रहेका थिए।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया जनाउनुहाेस्