बैतडीको भिमदत्त वहुप्राविधिक शिक्षालयमा तालाबन्दी

Image

बैतडीको पाटनस्थित भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी गरिएको छ । करारका कर्मचारीहरुले आज दिउँसो करिब २ बजेको समयमा प्रशासन तथा लेखा फाँटमा तालाबन्दी गरेका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभर कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले आन्दोलन सुरु गरेका छन् । सोही आन्दोलनको घोषणा अनुरुप पाटनको भिमदत्त बहुप्राविधिक शिक्षालयमा आज तालाबन्दी गरिएको शिक्षालयका सूचना अधिकारी महेशराज भट्टले जानकारी दिनुभयो । उक्त क्याम्पसमा भट्टकै संयोजकत्वमा संघर्ष समिति रहेको छ ।

सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको गरिएको छ ।

सो प्राविधिक शिक्षालयमा २० जनाभन्दा बढी करार कर्मचारीहरु कार्यरत रहेका छन् ।

सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्