बैतडी: एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बैतडीले पूर्णता पाएको छ । शनिवार जिल्लाको पाटनमा बसेको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिको पदाधिकारी बैठकले जिल्ला कमिटीमा रिक्त रहेका ८ जना सदस्यलाई मनोनित गर्दै २१ सदस्यीय बनाएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको जिल्ला अध्यक्ष दिनेश नागरीले जानकारी दिए । आगामी असार १५ गतेभित्र पालिका भेला गर्नेलगायतका महत्वपूर्ण निर्णयहरू गरिएको उनले बताए ।
एसइई परीक्षामा उत्कृष्ट नजिता ल्याउने एक जना छात्र र एक जना छात्रा तथा उत्कृष्ट नतिजा ल्याउने एक विद्यालयलाई पुरस्कार सहित सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष नागरीले जानकारी दिए । यस्तै शिक्षकहरूको मासिक रुपमा पारिश्रमीक उपलब्ध गराउने र पालिकाहरूले नियुक्त गरेका शिक्षक र शिशु सहजकर्तालाई न्यूनतम पारिश्रमीक उपलब्ध गराउने मागसहित ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको बताइएको छ ।




















