बैतडीको पुर्चौंडीमा बजार अनुगमन गरिएको छ । शनिवार पुर्चौंडी नगरपालिकाको हाटमा रहेका वसन्तपुर बजार र खडीखेत बजारमा अनुगमन गरिएको हो । यस्तै ढोल्यामोड क्षेत्रमा पनि बजार अनुगमन गरिएको छ ।
इलाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय,पुर्चौंडी नगरपालिका, जिल्ला अस्पताल बैतडी लगायतका सरकारी निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलहरुबाट बरामद गरिएका अखाद्य वस्तुहरु जलाएर नष्ट गरिएको इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटका प्रमुख शंकरबहादुर बोहराले बताए । यस्तै मेडिकलहरुबाट अवैध औषधी समेत बरामद गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख बोहराले बताए ।
बजार अनुगमनका क्रममा हाट बजार क्षेत्रमा सञ्चालनमा रहेका मेडिकलहरुमा समेत अनुगमन गरिएको पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । अनुगमनका क्रममा एक मेडिकलबाट गर्भपतन गराउने औषधी बरामद गरिएको उनले बताए ।

बैतडीको पुर्चौंडीमा बजार अनुगमन



प्रतिक्रिया जनाउनुहाेस्
















