३१औँ वार्षिकोत्सवमा किसान सहकारी संस्था पाटन शाखाद्वारा गौशालालाई सहयोग

Image

बैतडी, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत गौशालालाई आवश्यक सामग्री सहयोग गरेको छ ।
संस्थाले ३१औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरी ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा बैतडीको पाटन शाखाले पाटन नगरपालिका-६ स्थित निर्माण गरिएको गौशालालाई व्यवस्थापन तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक भाडाकुडासहितका सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
वार्षिकोत्सवलाई उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवा, धार्मिक आस्था तथा सामुदायिक सहयोगसँग जोड्ने उद्देश्यले सामग्री वितरण गरिएको पाटन शाखाका प्रमुख देशराम चौधरीले जानकारी दिनुभयो ।
सहकारी संस्था बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सामाजिक सद्भाव कायम गर्ने र समुदायको विकासमा समेत योगदान पुर्‍याउनुपर्ने मान्यताअनुसार सहयोग गरिएको उहाको भनाइ छ ।


संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्