नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । गत चैत १५ गते टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका छन् ।
५६ वर्षीय लको पदावधि अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएपछि उनको ठाउँमा स्टुअर्ट प्रशिक्षक नियुक्त भएका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्




















