बैतडीमा भन्सार छलीको चिनी बरामद

Image

बैतडीमा भन्सार छलीको चिनी बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ जेबालीबाट आइतबार दिउँसो अन्दाजी १० हजार मूल्य बराबरको एक क्विन्टल अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

प्रहरी चौकी सेराबाट खटिएको प्रहरी टोलीले महाकाली नदी किनारमा बेवारिसे अवस्थामा चिनी फेला पारी बरामद गरेको प्रहरी निरीक्षक बडूले बताए । आवश्यक कारवाहीका लागि उक्त चिनी महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको प्रहरी निरीक्षक बडूले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्