नेपाली काङ्ग्रेस देउवा समुहले बैतडीको पाटनमा गर्‍यो ५ वडाको अधिवेशन

Image

बैतडी — नेपाली कांग्रेस बैतडीमा देउवा समूहले पाटन नगरपालिकाका ५ वडामा वडा अधिवेशन सम्पन्न गरेको जनाएको छ।

पाटन नगरपालिकाका वडा नं. २, ४, ७, ८ र १० मा अधिवेशन सम्पन्न भएको युवा नेता नरेश बिष्टले जानकारी दिनुभयो।

अधिवेशनबाट वडा नं. २ को सभापतिमा प्रताप लुहार, वडा नं. ४ मा कमल सिंह ऐरी, वडा नं. ७ मा राजेन्द्रप्रसाद भट्ट, वडा नं. ८ मा शेरसिंह बिष्ट र वडा नं. १० मा नारायणप्रसाद पन्त चयन भएका छन्।

पाटन नगरपालिकाका बाँकी ५ वडामा वडा अधिवेशन भोलि असोज १८ गते सम्पन्न गर्ने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्