बैतडी: बैतडीको पाटन नगरपालिकाभित्रका विभिन्न विद्यालयमा कार्यरत नगर स्वयंसेवक शिक्षकहरुको पारिश्रमिक मासिक पाँच हजार रुपैयाँका दरले बढाउने निर्णय भएको छ ।
शुक्रबार बसेको नगरकार्यपालिका बैठकले नगर स्वयंसेवक शिक्षकहरुको पारश्रमिक बढाउने निर्णय गरेको नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
बढाएको पारिश्रमिक आगामी मंसिरदेखि लागू गर्ने निर्णय समेत भएको बिष्टले बताए ।
यसअघि पारिश्रमिक वृद्धिको माग गर्दै नगर स्वयंसेवक शिक्षकहरुले आन्दोलन गरेका थिए । शिक्षकहरु आन्दोलित भएपछि उनीहरुका माग सम्बोधन गर्ने सहमति भएको थियो ।
सोही सहमतिअनुसार पारिश्रमिक वृद्धि गर्ने निर्णय गरिएको बिष्टले जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्















