बैतडीमा चोरीको आरोपमा कार्यपालिका सदस्यसहित चार जना पक्राउ

Image

बैतडी: बैतडीमा चोरीको आरोपमा कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।
कार्यपालिका सदस्य बिनोद लुहार, महेश लुहार तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरबाट तामाका भाडाकुडा चोरी भएको थियो । सोही चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्