पाटनमा स्वयंसेवक शिक्षकको उचित पारिश्रमिक मंसिरदेखि उपलब्ध गराउने सहमति

Image

बैतडी
बैतडीको पाटन नगरपालिकाभित्र कार्यरत नगर स्वयंसेवक शिक्षकका माग सम्बोधन गर्ने विषयमा नगरपालिका र शिक्षक संघर्ष समितिबीच सहमति भएको छ। सहमतिसँगै स्वयंसेवक शिक्षकहरूले गर्दै आएको आन्दोलन स्थगित गर्ने भएका छन्।
पाटन नगरपालिकाको सामाजिक विकास समिति संयोजक हरि सिंह बिष्ट र नगर स्वयंसेवक शिक्षक संघर्ष समिति अध्यक्ष राजेन्द्र सिंह बिष्टबीच भएको सहमतिअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि नगर स्वयंसेवक शिक्षकलाई मंसिर महिनादेखि उचित पारिश्रमिक उपलब्ध गराउन नगर कार्यपालिकासमक्ष सिफारिस गर्ने सहमति भएको छ।
त्यस्तै, विद्यालय समायोजन तथा दरबन्दी मिलान गर्दा नगर स्वयंसेवक शिक्षकको उचित व्यवस्थापनका लागि पहल गर्ने सहमति भएको छ। स्वयंसेवक शिक्षकहरूको पेशागत हकहितलगायत समस्या समाधानका लागि नगर कार्यपालिकामा सिफारिस गर्ने पनि सहमतिपत्रमा उल्लेख छ।
सहमति कार्यान्वयनका लागि २०८३ असोज १२ गतेभित्र नगर कार्यपालिकाको बैठक बोलाउन नगर प्रमुखलाई अनुरोध गर्ने सहमति भएको छ।

प्रतिक्रिया जनाउनुहाेस्