बैतडीमा कांग्रेस वडा अधिवेशनको तयारी पूरा

Image

बैतडी,

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनको बैतडीमा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको कांग्रेस बैतडीले जनाएको हो।
पाटन नगरपालिका–८ का वडा सभापति मोहन बिष्टले जिल्लाका सबै वडामा अधिवेशनको तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्धारित मितिमै वडा अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्