बैतडीमा पहिरोले एक घरमा क्षति, दश घर उच्च जोखिममा 

Image

बैतडी,३० भदौः बैतडीको पुर्चाैडी नगरपालिका—८ लामुनी गाउँमा पहिरोले एक घरमा क्षति पु¥याएको छ । सोमाबार राती ९ बजेको समयमा घरमाथि खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घरमा क्षति पु¥याएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाका अनुसार पहिरोले जोशीको घरमा पूर्णरुपमा क्षति पु¥याएको छ । पहिरो खसेको थाहा पाउने बित्तिकै घर छाडेर भागेकाले कुनै मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक तिमिल्सैनाले जानकारी दिनुभयो । 

पहिरोले घर पुरिएपछि जोशीको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । पहिरोका कारण गोठमा पुरिएका १० ओटा बाख्राको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको छ । 

पहिरोका कारण पुरै गाउँ उच्च जोखिममा रहेको बताइएको छ । स्थानीय रघुनाथ जोशी, बलदेव जोशी, दत्तराम जोशी, परमानन्द जोशी, चन्द्रदेव जोशी, हिराप्रसाद जोशी, पदमराज जोशी, काशी भण्डारी, दत्तराज जोशी, अम्बादत्त जोशीको घर पहिरोको उच्च जोखिममा रहेका प्रहरी निरीक्षक तिमिल्सैनाले जानकारी दिनुभयो ।

जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रतिक्रिया जनाउनुहाेस्