पाटनका नगर शिक्षकद्वारा पुनःआन्दोलनको घोषणा, पेनडाउन देखि तलाबन्दीसम्मको चेतावनी

Image

बैतडीको पाटन नगरपालिकाका नगर स्वयंसेवक शिक्षक पुनः आन्दोलनमा उत्रिने भएका छन्  । आफुहरुको माग सम्बोधन गर्न नगरपालिकाले कुनै चासो नदिएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा नै गरेका हुन् ।
पाटनको खुलामंचमा शनिबार बसेको नगर शिक्षक संघर्ष समितिको बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
यसअघि भदौ १० गतेको दिन भएको सहमति अनुसार गौरापर्व लगत्तै कार्यपालिका बैठकबाट केही ठोस निर्णय दिने आश्वासन दिएको भएपनि हालसम्म कार्यपालिका बैठक नबसेको हुनाले बाध्य भएर आन्दोलनका थप कार्यक्रम अघि सार्नुपरेको संघर्ष समिती सयोजक राजेन्द्र बिष्टले जानकारी दिए ।
आन्दोलनका कार्यक्रम अन्तरगत भदौ ३०/३१ गते विधालयमा पेन डाउन गर्ने, असोज १ गतेदेखि लगातार नगरपालिकामा धर्ना कार्यक्रम गर्ने र ५ गते शिक्षा तथा युवा खेलकुद शाखामा तालाबन्दी गर्ने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ ।
<span;>पारीश्रमीक वृद्धिको माग गर्दै नगर शिक्षकहरु लगातार आन्दोलनमा छन ।

प्रतिक्रिया जनाउनुहाेस्