बाढीपीडितका लागि पाटन–८ जुकेपानीका रामेश्वर परिवारद्वारा २७ हजार ३ सय ५० सहयोग

Image

बैतडी । देशका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट पुगेको क्षतिमा सहयोग गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिका–८ जुकेपानीका रामेश्वर परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।

रामेश्वर परिवारका कुलदेवताका धामी गणेश बिष्ट, पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश बिष्ट र समाजसेवी शेरसिंह बिष्टको पहलमा परिवार तथा आफन्तबाट रकम२७ हजार ३ सय ५० रकम संकलन गरिएको हो।

सहयोग संकलन अभियानमा परिवारकी ज्येष्ठ सदस्य ९७ वर्षीया गौमति बिष्टले रु. २ हजार ५ सय २५ सहयोग गरेर अभियानको सुरुवात गर्नुभएको थियो। त्यसपछि परिवार तथा आफन्तका २८ जनाबाट रकम संकलन गरिएको बताइएको छ।

संकलित रकममध्ये वडाध्यक्ष हरिश बिष्टले रु. ३ हजार ५, समाजसेवी शेरसिंह बिष्टले रु. १ हजार ८ सय ५ तथा कुलदेवताका धामी गणेश बिष्टले रु. १ हजार १५ सहयोग गर्नुभएको छ।

सहयोग रकम ग्लोबल आईएमई बैंकमा रहेको खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको परिवारले जनाएको छ।

परिवारका सदस्यहरूले आफ्नो क्षमता अनुसार सानो भए पनि विपद्मा परेकाहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहत रकम संकलन गरिएको बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्