बैतडी २६, भदौ : बैतडीको सिगास गाउँपालिका- ३ स्थित भुवन भास्कर माविका विद्यार्थीले भोटेकोशी बाढी पीडितका सहयोग गरेका छन् ।
कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा कटाएर ४ हजार ५६५ रूपैयाँ बाढी पीडितका सहयोग गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक भानसिंह धामीका अनुसार
विद्यार्थीहरु स्वस्र्फूत रुपमा संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको छ ।
विद्यार्थीहरुको सामाजिक भावनाले समाजलाई प्रेरणा मिल्ने समस्यामा परेको बेला सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीहरुमा जागेको र यो समाजका लागि निकै राम्रो काम हुने विद्यालयका कम्प्युटर शिक्षक धनविर धामीले बताउनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्















