बैतडीको ऐतिहासिक जगन्नाथ मन्दिर पुनर्निर्माणको काम सुरु

Image

बैतडीको ऐतिहासिक जगन्नाथ मन्दिर पुनर्निर्माणको काम सुरु भएको छ।
पुरातात्त्विक सम्पदा सूचीमा रहेको दशरथचन्द नगरपालिका–४ स्थित जगन्नाथ मन्दिर पुनर्निर्माणको पहिलो चरणअन्तर्गत ढुंगा निकाल्ने काम सुरु गरिएको हो।

आज शुक्रबार रामपातलमा रहेको ढुंगा खानीमा विशेष कार्यक्रम आयोजना गरी वैदिक मन्त्रोच्चारणसहित भूमि पूजा गरिएको थियो। त्यससँगै मन्दिर निर्माणका लागि आवश्यक ढुंगा निकाल्ने कामको औपचारिक थालनी गरिएको अभियानका सदस्य पुष्कर ठगुन्नाले जानकारी दिनुभयो।

मन्दिर पुनर्निर्माण अभियानमा स्थानीय बासिन्दा, भक्तजन तथा सहयोगीहरूको साझा सहयोग र सहकार्य आवश्यक रहेको प्रचारप्रसार समितिका मोहितकुमार भण्डारीले बताउनुभयो।

उहाँले आमसमुदायको सहयोग र बाबा जगन्नाथको कृपाबाट ऐतिहासिक मन्दिर पुनर्निर्माणको काम सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया जनाउनुहाेस्