बैतडी, २ असोज: बैतडीको पुर्चौडी नगरपालिका–१ भकुडाका घाँटीको क्यान्सरपीडित नरबहादुर गडालको उपचारमा आर्थिक समस्या भएको छ।
आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचारका लागि सहयोगको अपिल गरेको हो।
गडाल आठ महिनादेखि काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत हुनुहुन्छ। स्वास्थ्य अवस्था जटिल बन्दै गएसँगै उपचार तथा औषधिको खर्च बढेकाले आर्थिक समस्या परेको उहाँका छोरा बिरेन्द्र गडालले बताउनुभयो।
आर्थिक अवस्था कमजोर भएकाले उपचारलाई निरन्तरता दिन कठिन भइरहेको परिवारले जनाएको छ।
स्थानीय लक्ष्मण गडालले गडालको उपचारमा सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार सहयोग अभियानसमेत सञ्चालन गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्















