बैतडीमा आज पनि सवारी साधन सञ्चालनमा रोक

Image

बैतडीमा आज (आइतबार) पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबारदेखि निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएकोमा वर्षा नरोकिएपछि सोमबार बिहान ७ बजेसम्मका लागि जिल्लाभर सवारी आवागमनमा थप रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।

यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ । लगातार वर्षा भइरहेकाले सुरक्षित भएर बस्न र अत्यावश्यक कामबाहेक घरमै सुरक्षित भएर बस्न आग्रह गरिएको प्रशासनद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया जनाउनुहाेस्