नेपाली कांग्रेसले बैतडीका चार वटा पालिकाको अधिवेशन मङ्गलबार गर्ने भएको छ । सोही अनुसारको तयारी भइरहेको कांग्रेस बैतडीले जनाएको छ ।
असोज ६ गते जिल्लाको दरथचन्द नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकाको अधिवेशन हुने जिल्ला सभापति चतुर बहादुर चन्दले जानकारी दिनुभयो । वडा अधिवेशनमा पनि उत्साहजनक सहभागिता रहेको बताउदै सभापति चन्दले यी चार पालिकामा अधिवेशनमा व्यापक सहभागिता रहने दावी गरेका छन् ।
आइतबार जिल्लाका ७४ वडाको अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेका केही वडाहरुमा सोमबार अधिवेशन भएको जनाइएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्














