पुर्चौडी–१ को वडा अधिवेशन पूर्व जिल्ला सभापति बमद्वारा उद्घाटन

Image

बैतडीको पुर्चौडी नगरपालिका–१ मा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। वडा अधिवेशनको पूर्व जिल्ला सभापति नरेन्द्र बमले उद्घाटन गरेका छन्।

यसअघि कांग्रेसको इतर समूहले नरेन्द्र बम अधिवेशन गर्न नहुने पक्षमा रहेको दाबी गर्दै आएको थियो। तर, बमले सोमबार वडा अधिवेशनको उद्घाटन गर्दै आफू अधिवेशन गर्नुपर्ने पक्षमा दृढ रहेको बताएका छन्।

अधिवेशन उद्घाटन गर्दै बमले पार्टीको विधि, विधान र प्रक्रियाअनुसार अधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्