बैतडीको वडाकप भलिबलको प्रथम पुरस्कारमा कैलाश भट्टको १ लाख ११ हजार सहयोग

Image

बैतडीमा आयोजना हुन लागेको जिल्लास्तरीय अन्तरवडा महिला–पुरुष भलिबल वडाकपको प्रथम पुरस्कारका लागि पूर्वराष्ट्रिय भलिबल कप्तान तथा अन्तर्राष्ट्रिय खेलाडी कैलाश भट्टले १ लाख ११ हजार १११ रुपैयाँ प्रायोजन गर्नुभएको छ।

मेलौली नगरपालिका–९, असुर निवासी भट्ट हाल अमेरिकामा हुनुहुन्छ। उहाँले सशस्त्र प्रहरी बलको भलिबल टोली र नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

भट्टले महिलातर्फको प्रथम पुरस्कारको राशी प्रायोजन गर्नु भएको आयोजक जिल्ला खेलकुद विकास समितीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

जिल्लाका ८४ वटै वडाका महिला तथा पुरुष खेलाडीलाई अवसर प्रदान गर्ने, प्रतिभाको पहिचान गर्ने र भलिबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

भट्टको सहयोगले प्रतियोगितालाई थप उत्साह मिल्नुका साथै जिल्लाका खेलाडीलाई प्रोत्साहन हुने आयोजकको विश्वास छ।

प्रतिक्रिया जनाउनुहाेस्