बैतडीको पाटनमा कार्तिक १ र २ गते उदयदेव मन्दिरमा लाग्ने जात्राका लागि उपभोग्य वस्तुको मूल्य निर्धारण

Image

बैतडी : बैतडीको पाटन नगरपालिका–६ वडा कार्यालयले उदयदेव मन्दिरमा लाग्ने जात्रालाई लक्षित गर्दै विभिन्न उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ ।

यही कार्तिक १ र  २ गते उदयदेव मन्दिरको प्राङ्गणमा लाग्ने मेलालाई व्यवस्थित बनाउन सो अवधी भित्र लागू हुने गरि मूल्य निर्धारण गरिएको हो ।

वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार मिठाई सादा प्रतिकेजी ३०० रुपैयाँ, जेरी सादा प्रतिकेजी ३०० रुपैयाँ, सादा खाना (खुराक) १५० रुपैयाँ र खसीको मासु काटेको प्रतिकेजी  ८५० रुपैयाँ मूल्य तोकिएको छ ।
असोज २८ गतेको सर्वदलीय,सर्वपक्षीय बैठकको निर्णयअनुसार उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य निर्धारण गरिएको पाटन वडा नम्बर ६का वडा अध्यक्ष राजेन्द्र सिंह विष्टले जानकारी दिनुभयो । वडा कार्यालयले निर्धारित मूल्यबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै सोहीअनुसार कारोबार गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्