बैतडीमा ओडारमा लुकाइएको अवस्थामा बन्दुक बरामद

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बैतडीको सिगास गाउँपालिका–३ चमडेखर्कस्थित सामुदायिक वनभित्र रहेको ओडारबाट बेवारिसे अवस्थामा एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ साढे ५ बजेको समयमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
प्रहरी टोलीले सामुदायिक वनभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ ।
बरामद गरिएको बन्दुक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा सुरक्षित राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्