दोगडाकेदार-४को वडा कार्यालयमा तोडफोड, ल्यापटप चोरी

Image
बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका-४ को कार्यालयमा चोरी भएको छ । गएराती वडा कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी फरेको वडा अध्यक्ष तर्कराज भट्टले जानकारी दिनुभयो ।
“छतमा गएर उक्त काठको ढोका फुटाएर सिसिटिभी क्यामेराको तार पनि चुडाएको छ, चार्जरसहित ल्यापटप चोरी भएको छ,  अन्य कम्प्युटरका तार पनि चुडालेको छ,” अध्यक्ष भट्टले भन्नुभयो ।

चोरीको विषयमा प्रहरीलाई जानकारी गराएलगत्तै टोलि खटिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्