बैतडीको सिगास विद्यालयको कार्यसम्पादन परीक्षण स्तरमा जिल्लामै पहिलो

Image

बैतडी: बैतडीको सिगास गाउँपालिका विद्यालयको कार्यसम्पादन परीक्षण स्तरमा जिल्लामै पहिलो भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको आर्थिक वर्षको २०८१÷०८२ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

सिगास गाउँपालिकाले सामुदायिक माध्यमिक विद्यालयहरुको कार्यसम्पादन स्तरमा स्थानीय तहको औसत ७३ दशमलव ३२ अंक प्राप्त गरेको शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सिगास गाउँपालिका अन्तर्गतका १५ ओटा माध्यमिक विद्यालयको कार्यसम्पादन स्तर परीक्षण गरेकोमा १२ ओटाको स्तर मध्यम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

May be an image of blueprint and text

विद्यालयको कार्यसम्पादनलाई मुलतः लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी संख्याका आधारमा परीक्षण गरिएको हो ।
यस्तै प्रतिवेदनले दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका सबै विद्यालयको कार्यसम्पादन स्तर सामान्य देखाएको छ भने मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाको अन्य स्थानीय तहको तुलनामा कमजोर देखाएको छ ।
सिगासका १५ ओटा सामुदायिक माध्यमिक विद्यालय सहित बैतडीका दश ओटै स्थानीय तहहका १२८ विद्यालयको कार्यसम्पादन गुणस्तर परीक्षण गरिएको हो ।

केन्द्रले बैतडीसहित इलाम, जाजरकोट, जुम्ला र डोटी जिल्लाका ४३० माध्यमिक विद्यालयको कार्यसम्पादन स्तर परीक्षण गरेको थियो ।

May be an image of blueprint and text

प्रतिक्रिया जनाउनुहाेस्