पाटन-८ का निवर्तमान वडा सदस्य महरा मृत फेला

Image

बैतडी
बैतडीको पाटन नगरपालिका–८ राङ्गाजुजौनाका ६८ वर्षीय जयसिंह महरा मृत फेला परेका छन्  । जेठ २७ गते घरबाट हिँडेका महरा आज अप्रान्ह करिब ५ बजेको समयमा पाटन नगरपालीका-२ मसानीझाड खोलामा मृत अवस्थामा फेला परेको आफन्त समेत रहेका पाटन – ८ का वडा सदस्य कृष्णसिंह  महराले जानकारी दिए ।
भिरबाट लडेर मृत्युु भएको हुनसक्ने अनुमान गरिएको छ ।
शवको पोस्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिदैछ ।

२७ गते नै बेपत्ता भएका महराको खोजिमा हिजोदेखी स्थानीय आफन्तजन र स्थानीय तथा इप्रका पाटनको प्रहरी टोली खोजिमा खटिएको थियो ।
मृत फेला परेका महरा पाटन-८ का निवर्तमान वडा सदस्य हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्