राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैतडीका युवा नेता बिशाल भट्टलाई सुदूरपश्चिम प्रदेश सार्वजनिक मामिला विभागको उप-प्रमुखपदमा नियुक्त गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटीका सभापति ई. प्रकाश विष्टद्वारा हस्ताक्षरित नियुक्तिपत्रमार्फत भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली र कार्यविधिअनुसार आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ उनलाई उप-प्रमुख पदमा नियुक्त गरिएको उल्लेख गरिएको छ।
भट्टको नियुक्तिसँगै प्रदेशस्तरमा सार्वजनिक मामिलासम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको पार्टीले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्




















