बैतडी, जेठ २२ । राष्ट्रिय मुक्ति हलिया समाज महासंघ नेपालको ७ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।
महाधिवेशनबाट बैतडीका रमेश राम कोली अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा कञ्चनपुरका शिवि लुहार र डडेल्धुराकी इन्दिरा ताम्राकार निर्वाचित भएका छन् ।
महासचिवमा डडेल्धुराका तुलाराम सार्की, कोषाध्यक्षमा कञ्चनपुरकी सन्जु नेपाली तथा सचिवमा बाजुराका लालवीर सार्की र जाजरकोटका प्रसाद नेपाली निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा बैतडीका राजाराम भुल, डडेल्धुराकी कौशिला दमाई, डडेल्धुराका जगदीश कुमार चुनारा, बाजुराका जयलाल विक, सुर्खेतकी रोशनी कुमारी सुनार, दार्चुलाकी मानवती बड, हुम्लाकी तिलसरा विक र जाजरकोटकी चन्द्रकला कामी निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले हलिया समुदायको हकहित, अधिकार र सामाजिक न्यायका सवालमा प्रभावकारी ढंगले काम गर्ने अपेक्षा गरिएको छ । महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न व्यक्तित्व तथा संघसंस्थाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।




















