बैतडी
बैतडीको पाटन नगरपालिका–८ राङ्गाजुजौनाका ६८ वर्षीय जयसिंह महरा बेपत्ता भएका छन्। परिवारका अनुसार महरा जेठ २७ गते घरबाट हिँडेका थिए।
घरबाट निस्किएपछि उनी पाटन नगरपालिका–२ को ठडकुडा क्षेत्रसम्म पुगेको जानकारी प्राप्त भए पनि त्यसयता सम्पर्कविहीन रहेका छन्।
पाटन नगरपालिका–८ का वडा सदस्य कृष्ण महराका अनुसार बेपत्ता भएका जयसिंह महराको खोजीका लागि आफन्तहरू विभिन्न स्थानमा परिचालित भएका छन्। तर हालसम्म उनको अवस्था तथा ठेगाना खुल्न सकेको छैन।
घटनाबारे प्रहरीलाई समेत जानकारी गराइसकिएको र खोजी कार्य जारी रहेको जनाइएको छ।
जयसिंह महरालाई कसैले देख्नुभएको वा फेला पार्नुभएको भए नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यहरूलाई ९८४८९७९६२७, ९८४८८६०१२३, ९८६१२९४३९७ र ९८६३०८०९७९ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।
प्रतिक्रिया जनाउनुहाेस्





















