बैतडीको पाटन नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

Image

बैतडीको पाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । १० ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार तोकिएका खोप पाएको एकीन भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाभरीका १६ देखि २३ महिनासम्मका ३ सय २७ जना खोप पाएको एकिन भएपछि बुधबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा उहाँले बताउनुभयो ।

हरेक बर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम अनुसार यो बर्ष पनि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु राष्ट्रिय खोप तालिका अनुसार लगाउने गरिएको छ ।

पाटन नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा १० ओटै वडालाई पूर्ण खोप वडा सुनिश्चित घोषणाको प्रमाणपत्र समेत वितरण गरिएको थियो । नगर खोप समन्वय समितिका संयोजक एवं नगर प्रमुख गौरीसिंह रावलले १० ओटै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र वितरण गरेका हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्