नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा पार्वती कार्की चयन भएका छन् । दोगडकेदार गाउँपालिकाकी उपाध्यक्ष समेत रहनुभएकी कार्की अखिल नेपाल महिला संघको अध्यक्षमा पुःन चयन भएकी हुन।
बिहीबार सम्पन्न भएको संघको पाँचौं अधिवेशनले कार्कीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरेको हो । उक्त कमिटिको उपाध्यक्षमा अञ्जु टमाटा र सरस्वती कोली, सचिवमा शकुन्तला साउँद, सहसचिवमा लिलावती जोशी, कोषाध्यक्षमा पार्वती भुल लगायत अन्य सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्




















