८ असोज, बैतडी : बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।
चार पालिकाको अधिवेशन मंगलबार सम्पन्न भएको थियो भने बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो । जारी अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उल्लासमय सहभागिता रहेको कांग्रेस बैतडीले जनाएको छ ।
पालिकागत रूपमा निर्विरोध निर्वाचित नेतृत्वमा दशरथचन्द नगरपालिकामा कर्णबहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद र पञ्चेश्वर गाउँपालिकामा लोकेन्द्रबहादुर चन्द चयन भएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्














