सिटिजन बैंकको पाटन शाखाले पाटन नगरपालिका वडा नं ४ स्थित भुमेश्वर माविमा शैक्षिक सामग्री प्रदान गरेको छ । सिटिजन बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सुक्रबार एक कार्यक्रमकाबीच भुमेश्वर माविमा खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
विद्यालयलाई स्मार्ट टेलिभिजन, भलिबल खेलका सामाग्री प्रदान गरिएको पाटन शाखाका व्यवस्थापक जयराज भट्टले जानकारी दिए ।यस सामग्रीको सहयोगले बालबालिकाको प्रविधिमैत्री सिकाइ प्रक्रियालाई प्रवाह गर्न तथा शारीरिक विकासमा टेवा पु¥याउने विद्यालयका शिक्षक रमेश सिंह महराले बताए ।
कार्यक्रमका अवसरमा सिटिजन बैंक इन्टरनेसनल लिमिटेड, पाटन बैतडी शाखाका व्यवस्थापक जय राज भट्टले विगतका वर्षहरूदेखि नै यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको जानकारी दिनुहुँदै, आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय उपस्थिति रहेको थियो। सहभागी सबैले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको योगदानको खुलेर प्रशंसा गरेका थिए ।





















