सुदूरपश्चिम रोयल्सका खेलाडी हिक्मत महरा ‘आमा एजुकेशन’का सद्भावना दूत नियुक्त

Image

बैतडी– सुदूरपश्चिम रोयल्सका युवा क्रिकेट खेलाडी हिक्मत महरा एक शैक्षिक परामर्श संस्था ‘आमा एजुकेशन कन्सल्टेन्सी’का सद्भावना दूत नियुक्त भएका छन् ।

छोटो समयमै आफ्नो उत्कृष्ट खेल कौशलका कारण क्रिकेट क्षेत्रमा लोकप्रियता कमाएका महराले उक्त संस्थासँग सद्भावना दूतको रूपमा सहकार्य सुरु गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महराले आमा एजुकेशनसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले क्रिकेट मैदानमा आफ्ना सपना पछ्याएझैँ उक्त संस्थाले पनि विद्यार्थीहरूलाई विदेश अध्ययनको सपना पूरा गर्न सहयोग गरिरहेको उल्लेख गरेका छन् ।

“क्रिकेट मैदानमा मैले आफ्नो सपना पछ्याइरहेझैँ, आमा एजुकेशनले विद्यार्थीहरूलाई विदेश अध्ययनका सपना पूरा गर्न सहयोग गरिरहेको छ । यो नयाँ यात्राप्रति उत्साहित छु,” उनले फेसबुकमा लेखेका छन् ।

महराको नियुक्तिसँगै संस्था र खेल क्षेत्रबीच सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्