प्रदेशस्तरीय रनिङ शिल्डः भलिबलमा बैतडीले कञ्चनपुरलाई हरायो

Image

बैतडी,
डडेल्धुरामा आजदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समुह चरणमा छात्रातर्फ भलिबलमा बैतडीले कञ्चपुरलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
बैतडीले कञ्चनपुरमाति ३–१ को सेटमा पराजित गरेको हो । पहिले सेटमा १७ –१० ले पछि परेको बैतडीले पुनरागमन गर्दै २३–२५ ले जित्यो । दोश्रो सेटक कञ्चनपुरले १९ –२५ ले जित्यो । निकै प्रतिस्पर्धात्मक निर्णायक सेटमा १८ –२०ले आफ्नो पक्षमा पार्दै बैतडीले सुखद सुरुवात गरेको हो ।
डडेल्धुरामा आजदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडीले तीन स्वर्णसहित ९ पदक हासिल गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्