बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका -७ भवनेका का अम्मरराज जोशीले जन्मदिनको अवसरमा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् ।
पुर्चौंडी नगरपालिकामा कार्यरत जोशीले आफूले अध्ययन गरेको डिलेश्वरी नमूना माविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण हुन् ।
सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको सम्मानस्वरुपले आफूले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका जोशीले बताउनुभयो ।विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार र कक्षामा प्रथम हुने कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
यस्तै छात्र तथा छात्रा भलिबल टोलीका लागि एक÷एक थान भलिबल विद्यालयलाई प्रदान गरिएको जोशीले बताउनुभयो ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाहरुलाई केही सहयोग होस भनेर शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको जोशीले जानकारी दिनुभयो ।
जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्रै सिमित नराखी शिक्षा र खेलकुद क्षेत्रमा गरिएको सहयोगले अरुलाई समेत प्रेरणा मिल्ने विद्यालयले जनाएको छ ।




















