बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला

Image

बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–८ धौनालीस्थित मिरराड भिरमा पुर्चौंडी–५ सल्लेरी घर भएका अन्दाजी ५५ वर्षीय हरि साउँदको शव फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

साउँद बिहीबार साँझ सवा ५ बजेतिर मृत फेला परेका उहाँले बताउनुभयो । बिहीबार साँझको समयमा साउँद उक्त ठाउँमा मृत फेला परेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्