प्रदेशस्तरीय रनिङ शिल्डः पहिलोदिन बैतडीले हातपा¥यो ३ स्वर्णसहित ९ पदक

Image

डडेल्धुरामा आजदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडीले तीन स्वर्णसहित ९ पदक हासिल गरेको छ ।
३ स्वर्ण, २ रजत र ४ कास्यगरी ९ पदक हासिल गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिए ।
छात्रातर्फ १५ सय मिटर दौडमा अनिसा धामीले स्वर्ण दिलाईन् । छात्रातर्फ सटपुटमा पुजा साउदले पनि जिल्लालाई स्वर्ण दिलाइन् । त्यसैगरी छात्रतर्फ ज्याबलिङ थ्रोमा लोकेश ऐडीले बैतडीलाई स्वर्ण दिलाए ।
त्यसैगरी अनिल ठगुन्नाले सटपटमा र सुरज कार्कीले १५ सय मिटर दौडमा रजत दिलाए ।
सय मिटर दौडमा दिपक भुल र पुनम जोशी तथा १५ सय मिटर दौडमा मन्जु धामी र बिरेन्द्र भुलले गरि चार कास्य हात पारेका छन् ।
जिल्लाले हासिल गरेको नतिजा सन्तोषजनक रहेको र खेलकुदमा अनुसासन कायमगरी जिल्लालाई फरक रुपले चिनाउन पनि सफल भएको बैतडी खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
छात्रा भलिबलमा बैतडीले कञ्चनपुरलाई पनि हराएर सुखद सुरुवात गरेको छ । छात्रातर्फ कबड्डीमा बैतडीले दार्चुलालाई हराएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्