बैतडी,
बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा लेन्थवर्कर राखिने भएको छ । भौतिक पुर्वाधार कार्यालयले पाटनदेखि मेलौलीको लामालेकसम्म १४ जना दैनिक ज्यालादारीमा काम गर्ने लेन्थवर्कर राख्न सूचना जारी गरेको हो ।
दैनिक सडक सफाइ तथा सामान्य मर्मतको लागि लेन्थवर्कर राख्न लागिएको पुर्वाधार कार्यालय बैतडीले जनाएको छ ।
यस सडकखण्डामा विगत लामो समयसम्म काम गरेका लेन्थवर्करहरुलाई प्राथमिकतामा राख्ने विषयमा यसअघि पटक पटक सहमती भएको छ ।
सडक स्तरोन्नती हुनुपूर्व यसखण्डमा काम गर्दै आएका लेन्थवर्करहरुले आश्वासनको भरमा धेरै समय काम गरेका थिए । पुर्वाधार कार्यालयका प्रतिनिधि र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतृत्व तहबाट पनि आश्वासन पाएर काम गरेका लेन्थवर्करहरुले पारीश्रमिक नपाएपछि कैयौँ दिन अनसन समेत बसेका थिए ।
रिले अनसन(२०७८ असार १८ देखि साउन ६ गतेसम्म) लगायतका अन्य संघर्षका कार्यक्रममा सहमती हुदा नयाँ लेन्थवर्कर राख्ने समयमा विगतमा काम गर्दै आएकाहरुलाई नै प्राथमिकतामा राख्ने सहमती भएको थियो ।
पुरानो सहमती कार्यान्वयन गर्नुपर्नेमा ती लेन्थवर्करहरुको माग रहेको छ । “हामिहरुले २१ महिनासम्म काम गरेर ज्याला पाएका छैनौँ, नयाँ राख्ने बेला प्राथमिकतामा राख्ने भनेर भनेका हुन्, आफुहरुको माग पुरा नभए संघर्षमा उत्रिन्छौँ,” लेन्थवर्कर सरस्वती साउँदले भनिन् ।
पुर्वाधार कार्यालयले लेन्थवर्कर राख्नको लागि सूचना जारी गरेपछि यसअघि काम गर्दै आएकाहरु प्रक्रिया पुर्याएर फरम भर्ने तयारीमा रहेका छन् ।

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा लेन्थवर्कर राखिदै,पुरानालाई प्राथमिकता दिन माग



प्रतिक्रिया जनाउनुहाेस्

















