पाटन-३का नरेश कोली मृत्यु प्रकरण: दुई जना पक्राउ

Image

बैतडीको पाटन नगरपालिका-३ का २६ वर्षीय नरेश कोली मृत्यु प्रकरणका आरोपित दुई जना पक्राउ परेका छन् ।

आफन्तहरूले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि मङ्गलबार पाटन-३ कै २६ वर्षीय दिपक भट्ट र ३२ वर्षीय दिनेश टेलर पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ  ।

आफन्तहरुले निश्पक्ष छनबिनको माग गरेका छन् ।

यहीँ चैत ४ गते बिहान पाटन–६ कै भिटानजिकै सुर्नया नदी किनारमा नरेश  मृत फेला परेका थिए ।

अघिल्लो दिन घरबाट पाटन बजार किनमेलका लागि गएकोमा र अबेरसम्म घर नआएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए । खोजतास गर्दा ४ गये बिहान ८ बजेतिर सुर्नया नदी किनारमा मृत फेला परेका थिए ।

आफन्तहरुले  भने उनको संकास्पद अवस्थामा मृत्यु भएको हुनाले छनबिन हुनुपर्ने माग राख्दै आएका थिए । नरेशका बुवा सेरि कोली ३ दिनपछि मात्रै भारतबाट पुगेका थिए । ३ दिनपछि जिल्ला अस्पतालमा पुगेका सेरि कोलीले नरेशसङ्गै भएकाहरूमाथी छनबिनको माग गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्