बैतडीको पुर्चाैडीमा पहिलो संस्करणको पिपिएल क्रिकेट प्रतियोगिता सुरु

Image

बैतडीको पुर्चाैडीमा  पुर्चाैडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधबार दुई खेल सम्पन्न भएका छन् ।

पुर्चाैडी नगरपालिका–१ स्थित कमल विशाल पार्क खेलमैदानमा भएको उद्घाटन खेलमा भण्डारी टेजर्स फोर्सले विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धामीगाउँ सुपर किंग्सले निर्धारीत १५ ओभरमा १३२ रन जोड्यो । जवाफी ब्याटिङ गरेको भण्डारी टेजर्स फोर्सले १३ ओभर ४ बलमा ७ विकेट क्षतीमा लक्ष्य पूरा गर्याे ।

यस्तै दहताल रोयल्स र रोयल च्यालेन्जर कुडीबिच भएको दोश्रो खेलमा रोयल च्यालेन्जरले जित दर्ता गरेको छ । ९५ रनको लक्ष्य पाएको रोयल च्यालेन्जर कुडीले ८ ओभरमा ३ विकेट क्षतीमा लक्ष्य पूरा गरेको पुर्चौडी युथ क्रिकेट क्लबका कोषाध्यक्ष लक्ष्मण गडालले जानकारी दिनुभयो ।

विजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले २५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पुर्चौडी युथ क्रिकेट क्लबको आयोजनामा भैरहेको स्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल वैशाख १० गते हुनेछ । प्रतियोगितामा १५ टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्