बैतडी: बैतडीमा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
सोमबार निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा प्रतियोगिता सुरू भएको हो ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री शिवराज भट्टले उद्घाटन गर्नुभयो।
प्रतियोगितामा छात्र / छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो ।
जिल्लास्तरीय रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेस्तरीय छनोटका लागि जिल्लाको टिममा समावेश गरिने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो।
जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

गत वर्ष सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुौंडी नगरपालिकाले जितेको थियो।




















