गृहमन्त्री लेखक बैतडी आउँदै

Image

बैतडी: गृहमन्त्री रमेश लेखक आज बैतडी आउने कार्यक्रम रहेको छ । लेखक पुख्र्यौली घर बैतडीमा पारिवारिक र धार्मिक कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए  ।

मन्त्री लेखक बुधबार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको उनले जानकारी दिए । बैतडीमा रहँदा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री लेखकको सहभागितामा आज साँझ ५ बजे पाटनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको सभापति चन्दले बताए । यस्तै मन्त्री लेखकको सहभागितामा बिहीबार बिहान ८ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

May be an illustration of tree and text

प्रतिक्रिया जनाउनुहाेस्