बैतडी: पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो सहमती नरहेको भन्दै नगरसभाबाट बाहिरिएका छन् । हिजो नै सुरु भएको नगरसभा आज पनि अन्योलमा छ ।
आफ्नो राय समेत राख्न नपाएर एकलौटीरुपमा बजेट बनेको भन्दै त्यसमा आफ्नो सक्रियता रहने बताउदै नगरसभाबाट बाहिरिएका हुन् ।
“मैले कार्यपालिकामा निति तथा कार्यक्रम अनुसार बजेट लगेको थिए, ‘एक वडा एक विद्यालय’, खानेपानीका योजना लगायतका थुप्रै नमुनाका कार्यक्रम अनुसार बजेट बनाएको थिए, तर कहाँबाट बजेट ल्याएर आफुसँग छलफल नगरीकनै कार्यपालिकाबाट अघि बढाइयो,” उपप्रमुख बोहराले भने ।
९ गतेका दिन दिउँसो बसेको कार्यपालिकाको बैठकमा सो कुरा राखेको तर यस विषयमा आफुखुसी बजेट बनाएर आफुले अध्ययन गर्ने मौका समेत नपाएको हुनाले ९ गतेकै नगरसभामा उपस्थित हुन नसकेको बताएका छन् । बजेट बक्तब्य लेख्ने समयसमेत नदिएर नगरसभा अघि बढाउन खोजेपछि उपस्थित हुन नसकेको बताएका छ्न ।
अहिले बनेको बजेटबाट कर्मचारीहरु समेत असन्तुस्ट बनको बताउदै थुप्रै्र जनताका योजनाहरु गुम्राहमा परेको उनको भनाइ छ ।
यस बजेटबाट “कर्मचारीहरु रुष्ट छन्, सबैसँग छलफल गरौँ भनेको हो, प्रमुख प्रसासकीय अधिकृतज्यूसँग पनि छलफल गरौँ, भनेको हो,” ।
आफुले कार्यपालिकामा लगेको बजेटलाई बेवास्तागरी आफ्नो जानकारी बिना कार्यपालिकामा ल्याएको बजेट अघि बढाएको बताएका हुन् ।
“मैले कार्यपालिकामा निति तथा कार्यक्रम अनुसार बजेट लगेको थिए, ‘एक वडा एक विद्यालय’, खानेपानीका योजना लगायतका थुप्रै नमुनाका कार्यक्रम अनुसार बजेट बनाएको थिए, तर कहाँबाट बजेट ल्याएर आफुसँग छलफल नगरीकनै कार्यपालिकाबाट अघि बढाइयो,” उपप्रमुख बोहराले भने ।
तर नगर प्रमुख गौरी सिंह रावलले आगामी आर्थिक वर्षको बजेट पारित प्रक्रिया अघि बढाइरहेका छन् ।