बैतडीका तीन जना खेलाडीले सुदूरपश्चिम प्रदेशलाई स्वर्ण दिलाएका छन् । काठमाण्डौमा जारी १६ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै उनीहरुले स्वर्ण हात पारेका हुन् ।
१५ सय मिटरको दौडमा अस्मिता धानुक, हाइजम्प तर्फ सुनिता पार्की र सटपुट तर्फ पुजा साउँदले स्वर्ण हात पारेका जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।
अध्यक्ष चन्दले स्वर्ण विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरिने बताउनुभयो । बैतडी र सुदुरपश्चिमलाई खेलकुदको माध्यमबाट चिनाउन महत्वपुर्ण भुमिका खेलेकाले उनीहरुलाई नगदसहित सम्मान गरिने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्





















