बझाङः दोस्रो जय नेपाल वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

Image

बझाङःदोस्रो जय नेपाल वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । बझाङको बित्थडचिर गाउँपालिका–९ को आयोजनामा आइतबारदेखी सञ्चालन हुने खुल्ला पुरुष वडास्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको हो ।

सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कामय राख्दै युवाहरुको खेल प्रतिभा उजार गर्न आयोजना गरिएको प्रतियोगिताको आन्तरीक तयारी पूरा भएको वडाअध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतियोगताको विजेताले ६१ हजार १६१ रुपैँया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १३१ रुपैँया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगताको म्यान अफ दि सिरीजलाई नगद ४ हजार, सर्वाधिक विकेट लिने खेलाडी र व्याट्म्यान अफ दि सिरीजलाई जनही लाई २ हजार ५ सय नगद प्रदान गरिने आयोजक जनाएको छ । यस्तै म्यान अफ दि म्याचलाई मायाको चिनो प्रदान गरिनेछ ।

खेलमा टेनिस बल प्रयोग गरिने छ । सबै खेलहरु १२/१२ ओभरमा खेलाइने छ । प्रतियोगिता आईसिसिका नियमानुसार (LBW बाहेक) खेलाइनेछ ।

प्रतियोगिता सुनकुडा माध्यमिक विद्यालयमको खेलमैदानमा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया जनाउनुहाेस्