बैतडीका २२ हजारबढी बालबालिकालाई भिटामीन ‘ए’ क्याप्सुल खुवाइँदै

Image

बैतडीका २२ हजार बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । ६ देखी ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई भिटामीन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।यसैगरी १२ देखि ५९ महिनासम्मका २० हजार ४ सय ८३ जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

यसका लागि बैतडीमा ८३० महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । उनीहरु टोलटोलमा पुगेर बालबालिकाहरुलाई भिटामीन ‘ए’ र जुकाको औषधी खुवाउने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बालबालिकाहरुलाई भिटामीन ‘ए’ र जुकाको औषधी खुवाइने भएकाले आ–आफ्ना बालबालिकाहरुलाई नछुटाउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले आग्रह गर्नुभयो ।

आइतबार औषधी खुवाउन छुटेकाहरुलाई सोमबार खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्