बैतडीमा भारतीय नम्बरको कार दुर्घटना, ३ जना घाइते

Image

बैतडी: बैतडीमा भारतीय नम्बरको कार दुर्घटना हुदा ३ जना घाइते भएका छन् । कंचनपुर देखि बैतडीको शिवनाथ जादै गरेको  एच आर ५५ ए एच ९८३३ नम्बरको भारतीय नम्बरप्लेटको कार मङ्गलबार अप्रान्ह करिब साडे ४ बजेको समयमा पाटन-पन्चेस्वर सडकखण्ड अन्तरगत पर्ने मेलौली-७ मर्छलेमा  दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा  चालकसमेत रहेका बैतडीको शिवनाथ गाउँपालिका–६का २७ वर्षीय भरत दयाल, सोही ठाउँका २८ वर्षीय महेश सुतार र २६ वर्षीय जयराज दुलाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दीपक कुमार रायले जानकारी दिनुभयो ।
घाइते महेश सुतारको टाउको र आँखामा चोट लागेको छ भने जयराज दयाललको टाउको तथा छातीमा चोट लागेको छ।

घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कार सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्